दफा ४
नेपाल प्रहरीले अनुसन्धान गर्ने
(१) नेपाल प्रहरीले देहाय बमोजिमका कसुर सम्बन्धमा अनुसन्धान गर्नेछः- (क) राज्य विरुद्धको कसुर,
(ख) नागरिकता तथा राहदानी सम्बन्धी कसुर,
(ग) अध्यागमन सम्बन्धी कसुर,
(घ) सङ्गठित अपराध सम्बन्धी कसुर,
(ङ) आतङ्कवाद सम्बन्धी कसुर,
(च) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर,
(छ) साइवर अपराध सम्बन्धी कसुर,
(ज) सङ्घीय कानून बमोजिम नेपाल प्रहरीले अनुसन्धान गर्नु पर्ने कसुर,
(झ) अनुसन्धानको प्रयोजनको लागि एकभन्दा बढी प्रदेशको क्षेत्राधिकार जोडिने गरी भएको कसुर,
(ज) सीमापार अपराध तथा नेपालबाहिर भएको वा नेपालबाहिर समेत अनुसन्धान गर्नु पर्ने कुनै कसुर,
(ट) कसुरको गम्भीरता, सार्वजनिक हित वा सार्वजनिक शान्ति र व्यवस्थाका दृष्टिले संवेदनशील रहेको कारण नेपाल प्रहरीबाट अनुसन्धान गर्न मन्त्रालयले आदेश दिएको कसुर
(ठ) नेपाल प्रहरीबाट अनुसन्धान गर्न कुनै अदालतले आदेश दिएको कसुर,
(ड) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका कसुर।
(२) प्रदेश प्रहरीले अनुसन्धान गर्नु पर्ने कुनै कसुर सम्बन्धमा नेपाल प्रहरीबाट अनुसन्धान हुँदा बढी प्रभावकारी हुने भई प्रदेश प्रहरीले अनुरोध गरी पठाएमा त्यस्तो कसुरमा नेपाल प्रहरीले अनुसन्धान गर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिमका कसुरको सम्बन्धमा अनुसन्धान गर्दा नेपाल प्रहरीले आवश्यकता अनुसार प्रदेश प्रहरीको सहयोग माग गर्न सक्नेछ र यसरी माग भए बमोजिमको सहयोग उपलब्ध गराउनु प्रदेश प्रहरीको कर्तव्य हुनेछ।